आज सुनको मूल्य बढ्यो , तोला कति ?
प्रकाशित मिति: शुक्रबार, आश्विन ०२, २०७७ | १२:४४:२४
काठमाडौ,२ असोज ।
शुक्रवार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सयले बढेर प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ ।
यस्तै आज तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि १० रुपैयाँ बढेको छ । महासंघका अनुसार बिहीबार तोलामा १,३२० रुपैयाँमा कारोबार भएको चाँदी आज १,३३० मा कारोबार भइरहेको हो ।
प्रकाशित मिति : शुक्रबार, आश्विन ०२, २०७७ |
१२:४४:२४
4401


























