डिएगो जोटा लिभरपुलमा अनुबन्ध
प्रकाशित मिति: आइतबार, आश्विन ०४, २०७७ | १४:५६:०४
काठमाडौं, ४ असोज
प्रिमियर लिग च्याम्पियन लिभरपुलले पोर्चुगिज फरवार्ड जोटालाई शनिवार अनुबन्ध गरेको छ । लिभरपुलले २३ वर्षीय फरवार्ड जोटालाई वल्भ्स बाट ४१ मिलियन पाउण्डमा ५ वर्षको लागि सम्झौता गरेको हो ।
लिभरपुलमा अनुबन्ध भएपछि यो आफू र आफ्नो परिवारको लागि उत्साहजनक क्षण भएको जोटाले बताएका छन् । जोटाले वल्भ्सका लागि १४१ खेलमा ४४ गोल गरेका थिए ।
गत सिजन उनले प्रिमियर लिग खेलमा ७ गोल गरेका थिए । पोर्चुगलका लागि ४ अन्तर्राष्ट्रिय खेल खेलेका जोटाले लिभरपुलमा २० नम्बरको जर्सी लगाउने छन् ।
प्रकाशित मिति : आइतबार, आश्विन ०४, २०७७ |
१४:५६:०४
5325






















