इन्टर मिलानमा अनुबन्धित भए भिदाल
प्रकाशित मिति: मंगलबार, आश्विन ०६, २०७७ | १६:४०:२७
काठमाडौँ, ६ असोज
चिलियन मिडफिल्डर अर्टुरो भिदाल इटालियन क्लब इन्टर मिलानमा अनुबन्ध भएका छन् । इन्टर मिलानले भिदाल लाई स्पानिस क्लब बार्सिलोनाबाट १ मिलियन युरोमा अनुबन्ध गरेको हो ।इन्टरले भिदाल सँग दुई वर्षको सम्झौता गरेको स्पानिस अनलाइन मार्काले जनाएको छ ।
भिदालले बार्सिलोनाका लागि ९६ खेल खेल्दै ११ गोल गरेका थिए । उनी बार्सिलोनामा गएपछि उनको टिमले स्पानिस ला लिगा र स्पानिस सुपर कप जितेको थियो । बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोएमन बनेपछि क्लब छाड्ने भिदाल दोस्रो खेलाडी हुन । यसअघि नै मिडफिल्डर इभान राकिटिक सभिया फर्किसकका छन् ।
प्रकाशित मिति : मंगलबार, आश्विन ०६, २०७७ |
१६:४०:२७
4489






















