आज पनि घट्यो सुनको मूल्य,तोलामा १२ सय सस्तो
प्रकाशित मिति: बिहिबार, आश्विन ०८, २०७७ | ११:५३:१९
काठमाडौं,८ असोज ।
बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको छ । यो साता घट्दो क्रममा रहेको सुनको मूल्य बिहीबारसम्म आइपुग्दा तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजवी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ११२० रुपैयाँमा कारोबार भएको हो ।
प्रकाशित मिति : बिहिबार, आश्विन ०८, २०७७ |
११:५३:१९
4269


























