अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको ह्रदयघातका कारण निधन
प्रकाशित मिति: शुक्रबार, आश्विन ०९, २०७७ | १०:३३:२९
काठमाडौँ,९ असोज
अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको बिहीबार ह्रदयघातका कारण निधन भएको छ । ५९ वर्षीय जोन्स बिहीबार बिहान मात्रै ‘मर्निङ वाक’का लागि निस्केका थिए र लञ्च समयमा होटलमै उनलाई ह्रदयघात भएको थियो ।
उनी भारतीय प्रिमियर लिग (आईपीएल)को कमेन्ट्री टोलीको सदस्यका रुपमा भारत आएका थिए ।
जोन्सले सन् १९८४ देखि १९९४ को अवधिमा अस्ट्रेलियाको लागि ५२ टेस्ट खेलमा सहभागिता जनाएका थिए भने १६४ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका थिए ।
प्रकाशित मिति : शुक्रबार, आश्विन ०९, २०७७ |
१०:३३:२९
4225






















