सुनको भाउ फेरि बढ्यो, तोलाको कति ?
प्रकाशित मिति: बुधबार, आश्विन १४, २०७७ | ११:५४:३३
काठमाडौँ,१४ असोज ।
आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाला सुन तोलाको ९४ हजार ७०० रुपैयाँ तथा तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार प्रतितोला ९०० रुपैयाँले सुनको भाउ बढेको थियो ।
यसैगरी, चाँदी पनि बुधबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : बुधबार, आश्विन १४, २०७७ |
११:५४:३३
3851


















