सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: शुक्रबार, आश्विन १६, २०७७ | ११:२४:१६
काठमाडौं,१६ असोज ।
सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि तोलामा २ सय रुपैयाँ नै घटेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ घटे पनि चाँदीको भाउ स्थिर छ । चाँदी आज पनि तोलाको एक हजार एक सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, आश्विन १६, २०७७ |
११:२४:१६
4335


















