आइतबार बढ्यो सुनको मुल्य, तोलाको कति ?
प्रकाशित मिति: आइतबार, आश्विन २५, २०७७ | ११:११:४८
काठमाडौं,२५ असोज
साताको पहिलो दिन अर्थात् आइतबार सुनको मुल्य ह्वात्तै बढेको छ । आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको हो । गत शुक्रबार पनि सुनको मुल्य तोलामा ९०० रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला रु. ९५ हजार ६०० तोकेको छ । शुक्रबार सुनको मुल्य रु. ९४ हजार ८०० थियो । आजका लागि तेजावी सुनको मुल्य भने रु. ९५ हजार १०० रहेको छ ।
यस्तै, आज चाँदीको मुल्य तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला रु. १२३५ रहेको छ, शुक्रबार चाँदीको मुल्य ११९५ रुपैयाँ थियो ।
प्रकाशित मिति : आइतबार, आश्विन २५, २०७७ |
११:११:४८
5193


















