सुन भाउ फेरि घट्यो, कति छ आज ?
काठमाडौं, २८ असोज ।
बुधबार (आज )नेपाली बजारमा सुनको भाउ घटेको छ । सुनको भाउ ६ सयले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सयले घटेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।
साताको पहिलो दिन आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन सोमबार स्थिर रहेको भएपनि मंगलबार भने ५ सयले घटेको थियो । मंगलबार ९५ हजार १ सयमा कारोबार भएको छापावाल सुन बुधबार ९४ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कायम भएको छ ।
गत साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । बुधबार ८ सयले नै घटेको सुन विहिबार भने प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । शुक्रबार ९ सयले बढ्दै ९४ हजार ८ सयमा कारोबार भएको थियो ।


















