फेरि बढ्यो सुनको भाउ,कति पुग्यो आजको मूल्य ?
प्रकाशित मिति: शुक्रबार, आश्विन ३०, २०७७ | १२:१२:०७
काठमाडौं ,३० असोज ।
शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ।
बिहीबार ९४ हजार ५०० मा कारोबार भएको सुन प्रतितोला ४०० रुपैयाँ बढेर आज ९४ हजार ९०० कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले उकालो लागेर ९४ हजार ४०० पुगेको छ।
चाँदी भने बिहीबारकै मूल्य एक हजार २०० मा कारोबार भइरहेको छ।
प्रकाशित मिति : शुक्रबार, आश्विन ३०, २०७७ |
१२:१२:०७
4005


















