लोक सेवा आयोगले स्थगित गर्यो सबै लिखित परीक्षा
प्रकाशित मिति: सोमबार, कार्तिक ०३, २०७७ | १६:००:४८
काठमाडौँ,३ कार्तिक ।
लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने भनिएको सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ ।
आयोगले सोमबार सूचना जारी गर्दै कर्मचारीहरू आइसोलेसनमा रहेका कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन एवं परीक्षा सञ्चालन गर्न नसकिने बताएको छ।

‘तत्काल परीक्षा सञ्चालन गर्न कठिनाइ भएकोले आयोगको पूर्वनिर्णय बमोजिम तोकिएका निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका सम्पूर्ण लिखित परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्म हाललाई स्थगित गरिएको छ’, आयोगले जारी गरेको सूचनामा भनिएको छ।
यसअघि आयोगले कोरोना संक्रमित परीक्षार्थीलाई परीक्षामा सहभागी नगराउने निर्णय गरेको थियो। त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि सर्वोच्चले कोरोना संक्रमण भएकै अवस्थामा पनि आयोगका परीक्षा दिन पाउने गरी व्यवस्थापन मिलाउन अन्तरिम आदेश दिएको थियो।
प्रकाशित मिति : सोमबार, कार्तिक ०३, २०७७ |
१६:००:४८
4533


















