कति छ आज सुनचाँदीको भाउ ?
काठमाडौं,१६ कार्तिक ।
नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ५०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९५ हजार रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ५०० रुपैयाँ कायम भएको छ।
दसैँबिदापछि गत बिहीबारबाट कारोबार खुले पनि सुनको भाउ दुई दिन लगातार घटेको थियो। गत बिहीबार तोलामै १ हजार रुपैयाँ घटेको सुनको भाउ शुक्रबार २०० रुपैयाँले ओरालो लागेको थियो।
1600332188nlic.gif
गत शुक्रबार प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँमा झरेको थियो।
उता चाँदीको भाउ पनि आज बढेको छ। आज तोलामै १५ रुपैयाँ बढेर चाँदीको भाउ प्रतितोला १ हजार १९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ स्थिर रहेको थियो भने बिहीबार तोलामा ५० रुपैयाँले घट्दै १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो।


















