हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको भाउ ?
प्रकाशित मिति: मंगलबार, कार्तिक १८, २०७७ | ११:२५:०४
काठमाडौं,१८ कात्तिक ।
मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ४ सयले बढेर प्रतितोला ९५ हजार ४ सयमा कारोबार भइरहेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ९ रहेको छ ।
सोमबार सुनको मूल्य तोलामा ९५ हजारमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक १८, २०७७ |
११:२५:०४
3851


















