घट्यो सुनको मूल्य, तोलामा कतिले हुँदैछ कारोबार ?
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७ | ११:४७:२६
काठमाडौं,१२ मंसिर ।
सुनको भाउ शुक्रबार प्रोतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९० हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ५ सय रुपैयाँ थियो । बिहीबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, मंसिर १२, २०७७ |
११:४७:२६
3741






















