चीनको घरेलु फुटबल लिग स्थगित
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६ | १५:५४:०८
चीन,१७माघ ।
चीनमा निरन्तर फैलिरहेको कोरोना भाइरसका कारण चीनको घरेलु फुटबल लिग स्थगित गरिएको छ ।
कोरोना भाइरसको कारणले अहिलेसम्म १५० भन्दा धेरैको ज्यान गइसकेको बताइएको छ ।
चिनियाँ फुटबल संघको निर्देशनमा फुटबल लिग स्थगित गरिएको हो । चीनको घरेलु फुटबलले कोरोनासँगको लडाइँका लागि सहयोग अपिल समेत गरेकोे छ ।
बिहीबार फुटबल संघले सूचना जारी गर्दै लिग फेबु्रअरी २२ देखि सुरु हुने जानकारी दिएको छ ।
‘लिग सुरु गर्ने प्रतिकूल परिस्थिति नभएका कारण लिग स्थगित गरिएको छ र सम्पूर्ण फुटबल संघ कोरोनाविरुद्धको अभियानमा लागिरहेका छन्’, सूचनामा भनिएको छ ।
चीन कोरोनाविरुद्ध लडिरहेको छ र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संगठनले आपतकालको घोषणा गरिसकेको छ ।
प्रकाशित मिति : शुक्रबार, माघ १७, २०७६ |
१५:५४:०८
6051



















