बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७ | १२:२७:११
काठमाडौँ, १९ माघ ।
सोमबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ९२ हजार ६०० तोकिएको छ। आइतबार तोलाको ९२ हजार १०० मा कारोबार भएको थियो।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय बढेको छ। आइतबार ९१ हजार ६०० मा कारोबार भएको तेजाबी सुन आज ९२ हजार १०० मा कारोबार भइरहेको छ।
चाँदीको मूल्य तोलामा ८० रुपैयाँ बढेर एक हजार ४०० पुगेको छ।
प्रकाशित मिति : सोमबार, माघ १९, २०७७ |
१२:२७:११
4247
























