सुन तोलाको ७५ हजार २ सयमा कारोबार
प्रकाशित मिति: बिहिबार, माघ २३, २०७६ | १२:२४:५५
काठमान्डौ,२३ माघ
सुन आज तोलाको ७५ हजार २ सयमा कारोबार भएको छ। सुन हिजो (बुधबार) पनि त्यही मूल्यमा कारोबार भएको थियो। आज पनि ७५ हजार २ सय रुपैयाँमा नै किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाई छ।
सोमबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुन त्यसपछि निरन्तर घटेर ७५ हजार २ सयमा आइपुगेको हो। अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै केही घटेको हो।
प्रकाशित मिति : बिहिबार, माघ २३, २०७६ |
१२:२४:५५
5765



















