सोमबार सुनको मुल्यमा सामान्य गिरावट,तोलाको कति पुग्यो ?
प्रकाशित मिति: सोमबार, फाल्गुण ०३, २०७७ | १२:५६:४३
काठमाडौँ,३ फागुन ।
सोमबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक सयले घटेर ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाला सुन तोलाको ९० हजार ८ सयमा कारोबार भएको थियो ।
त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार २ सय रहेको छ ।
त्यसैगरी आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुण ०३, २०७७ |
१२:५६:४३
4577
























