आरआरमा ओली पक्ष र प्रचण्ड- माधव पक्षका विद्यार्थीबीच झडप
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०४, २०७७ | १३:०३:४४
काठमाडौं,४ फागुन ।
काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहका विद्यार्थीबीच झडप भएको छ । आज बिहान दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।
ओली समूहले प्रचण्ड–नेपाल समूहका विद्यार्थीमाथि आक्रमण गरेको बताइएको छ । कुनै पनि पक्षबाट उजुरी भने नआएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०४, २०७७ |
१३:०३:४४
5941



















