शुक्रबार घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १४, २०७७ | ११:०१:४८
काठमाडौँ,१४ फागुन ।
आज (शुक्रबार ) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले घटेर ८८ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार छापावाला सुन तोलाको ८९ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ३५० रहेको छ ।
त्यसैगरी आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण १४, २०७७ |
११:०१:४८
4071


















