सोमबार बढ्यो सुनको मुल्य, तोलाको कति ?
प्रकाशित मिति: सोमबार, फाल्गुण १७, २०७७ | ११:२५:१६
काठमाडौं,१७ फागुन ।
सोमबार नेपाली बजारमा सुनको मुल्य ४०० रुपैंयाले बढेको छ ।
हिजो प्रतितोला ८८ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ४०० रुपैंयाले बढेर प्रतितोला ८८ हजार ७०० रुपैंयामा कारोबार हुने सनुचाँदीक व्यवसायल महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य ८८ हजार २५० रुपैंयामा हुने भएको छ ।
यस्तै, चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयाले बढेर १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय २५ रुपैंया रहेको थियो ।
प्रकाशित मिति : सोमबार, फाल्गुण १७, २०७७ |
११:२५:१६
4709


















