सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो
प्रकाशित मिति: मंगलबार, फाल्गुण २५, २०७७ | १३:३०:१८
काठमाडौं,२५ फागुन ।
मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ । सोमबार प्रतितोला एक सय रुपैयाँले बढेर कारोबार भएको छापावाल सुनको भाउ मंगलबार आरोलो लागेको हो ।
तेजावी सुन ८५ हजार १५० रुपैयाँले कारोबार भइरहेको छ भने चाँदीको भाउ पनि तोलामा १२० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा झरेको छ । सोमबार चाँदीको प्रतितोला कारोबार मूल्य १२ सय ६५ रुपैयाँ थियो ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण २५, २०७७ |
१३:३०:१८
4929


















