राष्ट्रिय वाणिज्य बैंकको कर्जाको अधिकतम प्रिमियम दर घट्यो
प्रकाशित मिति: बुधबार, चैत्र ०४, २०७७ | ९:४२:११
काठमाडौं, ४ चैत ।
राष्ट्रिय वाणिज्य बैंकले चैत १ गतेबाट लागू हुने गरी सबै व्यावसायिक चालू पुँजी कर्जाको अधिकतम् प्रिमियम दर शून्य दशमलव ५० प्रतिशतले घटाएको छ । बैंकले
नयाँ तथा पुराना ग्राहकको लागि व्यावसायिक कर्जामा रहेको ३ दशमलव २५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २ दशमलव ७५ प्रतिशतमात्रै हुने गरी तोकेको हो ।बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमान्ड लोन, चालू पुँजी जस्ता व्यावसायिक कर्जा प्रवाह गरिरहेको छ । बैंकले निक्षेपमा दिने ब्याजदर वृद्धि गरेको छ । बैंकको ७७ वटै जिल्लामा २४७ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र ०४, २०७७ |
९:४२:११
4357


















