आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
प्रकाशित मिति: शुक्रबार, बैशाख ०३, २०७८ | १३:०९:३७
काठमाडौं,३ वैशाख ।
सुनको मूल्य एक तोलामा ७ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ।
बिहीबार सुनको मूल्य तोलाको ८९ हजार ८ सय थियो।
चाँदीको भाउमा पनि केही वृद्धि भएको छ। आज चाँदी प्रतितोला १ हजार ३ सयमा कारोबार भएको छ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ०३, २०७८ |
१३:०९:३७
5303


















