सुनको मूल्य बढ्यो, कति पुग्यो ?
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०६, २०७६ | १३:०९:०३
काठमाडौं,६ फागुन
नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ। मंगलबार प्रतितोला २०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन तोलाको ७६ हजार ५ सयमा कारोबार भएको थियो। तेजावी सुन तोलाको ७६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य स्थिर छ । चाँदी तोलाको भाउ ८९० रुपैयाँ कायम गरिएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०६, २०७६ |
१३:०९:०३
5743



















