सुनको मूल्य बढ्ने क्रम जारी, कति छ आजको मूल्य ?
प्रकाशित मिति: बुधबार, बैशाख ०८, २०७८ | ११:४१:३८
काठमाडौं,८ वैशाख ।
पछिल्लो समय सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । साताको चौथो दिन बुधवार सुनको मूल्य १३ सयले बढेर तोलाकै ९२ हजार पुगेको छ।
अघिल्लो दिन सुन ९० हजार ७ सयमा कारोबार भएको थियो।
चार दिनदेखि १३ सय रुपैयाँमा स्थिर रहेको चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। आज चाँदी १३ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८३ अमेरिकी डलरमा कायम छ।
प्रकाशित मिति : बुधबार, बैशाख ०८, २०७८ |
११:४१:३८
4115


















