घट्यो सुनचाँदीको मूल्य, कति छ तोलामा ?
प्रकाशित मिति: शुक्रबार, बैशाख १०, २०७८ | १२:०६:०२
काठमाडौं,१० वैशाख ।
नेपाली बजारमा साताको अन्तिम दिन शुक्रवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार २ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा ५ सयले कमि आइ ९१ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार २ सय रहेको छ ।
त्यस्तै बिहीवारको तुलनामा आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले गिरावट आएको छ ।
बिहीवार चाँदीको मूल्य १३ सय ३५ रहेको थियो भने आज मूल्य गिरावट आइ प्रतितोला चाँदीको मूल्य १३ सय ९० कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १०, २०७८ |
१२:०६:०२
3829


















