सोमबारदेखि सुरु हुने परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस
प्रकाशित मिति: आइतबार, बैशाख १२, २०७८ | १८:५८:४०
काठमाडौँ, १२ वैशाख।
कोभिड -१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।
यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भिडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा रोक्ने निर्णय गरेको स्रोतको भनाइ छ ।
प्रकाशित मिति : आइतबार, बैशाख १२, २०७८ |
१८:५८:४०
4291


















