बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
काठमाडौं, ३ जेठ ।
नेपाली बजारमा सोमवार पनि सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू. ९०० ले बढेको सुनको भाउ सोमवार रू. ३०० ले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ८०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ५०० मा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ९२ हजारमा कारोबार भएको थियो ।
यस्तै, सोमवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आइतवार प्रतितोला रू. १ हजार ३५० मा कारोबार भएको चाँदी सोमवार रू. १ हजार ३५५ खरीदविक्री भइरहेको छ । आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य रू. ५ ले बढेको हो ।


















