चीनमा कोरोना भाइरसका कारण २७८८ जनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १६, २०७६ | ७:४१:३३
काठमाडौँ, १६ फागुन ।
चीनमा कोरोना भाइरसका कारण २७८८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ७८ हजार ८३२ रहेको छ । बिहिबारमात्रै कोरोना भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ । त्यस्तै ७९५२ जनाको अवस्था गम्भिर रहेको छ ।
नयाँ संक्रमितहरुको संख्यामा ३३५ जनाले बढेको बताइएको छ । पछिल्लो समय चीनले अपनाएको सावधानीका कारण पनि कोरोना भाइरसमा नियन्त्रण आएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार चीनले दुई महिनाभित्र कोरोना भाइरसलाई नियन्त्रणमा लिने बताइएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण १६, २०७६ |
७:४१:३३
5435





















