सोमबार बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८ | १२:४२:३९
काठमाडौं ,१० जेठ।
सुनको भाउ सोमबार प्रोतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ६०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ५० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : सोमबार, जेठ १०, २०७८ |
१२:४२:३९
4841


















