मंगलवार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८ | १२:५२:१४
काठमाडौँ ,११ जेठ ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
तोलामा २०० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रूपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : मंगलबार, जेठ ११, २०७८ |
१२:५२:१४
4137


















