सुनको भाउ बढ्यो,हेर्नुहोस् आजको मूल्य
प्रकाशित मिति: बिहिबार, जेठ १३, २०७८ | १२:१०:०७
काठमाडौं,१३ जेठ ।
सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारका लागि छापावाल सुनको मूल्य तोलाको ९४ हजार २ सय कायम गरेको छ । मंगलबार तोलाको ९३ हजार ५ सय थियो ।
यस्तै तेजावी सुनको मूल्य पनि बढेर तोलाको ९३ हजार ७ सय पुगेको छ ।
चाँदीको मूल्य भने तोलाको १३ सय ५० रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, जेठ १३, २०७८ |
१२:१०:०७
4313


















