घर भाडामा लिएर संचालित उद्योगलाई ५० प्रतिशत घरभाडा छुट !
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८ | १८:०२:५७
काठमाडौँ,१५ जेठ ।
सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुट दिने व्यवस्था गर्ने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कुराको जानकारी दिएका हुन् ।
सरकारले सरकारी, निजी र सहकारीका भवनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुट पाउने व्यवस्था गर्न लागेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, जेठ १५, २०७८ |
१८:०२:५७
4225





















