बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८ | १३:०४:४३
काठमाडौं,१६ जेठ ।
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे ९४ हजारमा कारोबार भएको छ । यसअघि शुक्रवार सुनकाे मूल्य ९३ हजार ८ सयमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा एक हजार ३ सय ५५ मा कारोबार भएको छ । यसअघि शुक्रवार चाँदी प्रतितोला एक हजार ३ सय ५० मा कारोबार भएको थियो ।
प्रकाशित मिति : आइतबार, जेठ १६, २०७८ |
१३:०४:४३
4269





















