काठमाडौँ जाँदै गरेको बस त्रिशुलीमा खस्यो , तिनजनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६ | ६:५२:४०
धादिङ , २४ साउन
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा यात्रुबाहक बस खसेको छ । सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान ३.३० बजेको समयमा त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ। बस नदीमा खस्दा तिनजनाको मृत्यु भएको छ । त्यस्तै १४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । बसकमा कति यात्रुथिए भन्ने यकिन हुन सकेको छैन । अफ्ठ्यारो ठाउँको कारण उद्धारमा कठिनाई भएको प्रहरीले जानकारी दिए।
प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६ |
६:५२:४०
6887



















