बढ्यो सुनको भाउ, तोलामा कति ?
प्रकाशित मिति: सोमबार, आषाढ ०७, २०७८ | १२:४५:०५
काठमाडौँ ,७ असार ।
सुन तोलामा चार सय रुपैयाँले बढेको छ । सोमबार सुन तोलामा ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन ९० हजार रुपैयाँ प्रति तोला कायम भएको थियो ।
आइतबार सुन आठ सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी तोलामा पाँच रुपैयाँ महँगो भएको छ । सोमबार चाँदी तोलामा एक हजार दुई सय ९५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : सोमबार, आषाढ ०७, २०७८ |
१२:४५:०५
4775





















