जी २० सम्मेलनः सहभागीको चासो युक्रेन युद्ध
बाली, ३० कात्तिक | विश्वका ठूला औधोगिक देशहरूको समूह जी २० का नेताहरूको १७औँ शिखर सम्मेलन इन्डोनेसियाको राजधानी बालीमा जारी छ । सम्मेलनको मुख्य मुद्दा युक्रेन बनेको छ । सम्मेलनमा सहभागीले युक्रेनमाथि रुसी हमलाको विरोध गरेका छन् ।युक्रेन युद्धले विश्वव्यापी अर्थतन्त्रलाई कमजोर बनाएको भन्दै जी २० घोषणाको मस्यौदामा अधिकांश देशहरूले युक्रेन आक्रमणको ‘कडा निन्दा’ गरेका छन् ।बेलायतका प्रधानमन्त्री ऋषी सुनकदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले रुसी हमलाको निन्दा गरेका छन् ।विभिन्न देशले आलोचना गरिरहँदा रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले जी २० सम्मेलन सुरक्षाका विषय छलफल गर्ने स्थान नभएको भन्दै बैठकले विश्वका आर्थिक चुनौतीलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।यसअघि युक्रेनका राष्ट्रपति भ्लादिमिर पुटिनले एक भर्चुअल सम्बोधनमा रुसले युद्ध लम्बाएको बताएका थिए । सम्मेलनका क्रममा विभिन्न देशका नेताहरूबीच द्विपक्षी तथा वहुपक्षीय भेटवार्ता भएका छन् । के हो जी २० ?
जी २० ठूलो औधोगिक देशहरूको समूह हो । युरोपेली युनियन र १९ देशहरुः बेलायत, अमेरिका अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान,मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया र टर्की यसका सदस्य हुन् भने स्पेन अतिथिको रुपमा सहभागी हुन्छ । जी २० देशहरूले विश्वको आर्थिक उत्पादनको ८५ प्रतिशत र विश्व व्यापारको ७५ प्रतिशत योगदान गर्दछन् । त्यस्तै, विश्वव्यापी जनसंख्याको दुई तिहाई जनसंख्या जी २० अन्तर्गतका देशको छ । जी ७ को पहिलो बैठक सन् २००८ मा आयोजना गरिएको थियो । जी २० नेताहरूले अर्थतन्त्रदेखि दिगो ऊर्जा, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय ऋणलगायतका मुद्दामा छलफल गर्छन् । हरेक वर्ष फरक जी २० का फरक सदस्यले अध्यक्षता लिन्छ र बैठकका लागि एजेन्डा तय गर्छ । यो बैठकपछि भारतले अध्यक्षता लिने तयारी गरेको छ ।



















