लागूऔषध कोरेक्ससहित सिन्धुलीबाट एकजना पक्राउ
प्रकाशित मिति: मंगलबार, पौष १२, २०७९ | १५:००:५९
काठमाडौं, १२ पुस | अवैध लागूऔषध कोरेक्स जस्तो देखिने पदार्थ एक लिटरसहित सिन्धुलीबाट एकजना पक्राउ परेका छन् । सर्लाहीको हरिवन नगरपालिका- १० का ३३ वर्षीय पूर्णबहादुर घिमिरे सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७ बाट सोमबार राति पक्राउ परेका प्रहरीले जनाएको छ । सिन्धुलीबाट खुर्कोटतर्फ आउँदै गरेको बागमती एएए ६८०९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : मंगलबार, पौष १२, २०७९ |
१५:००:५९
6931




















