अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री डा. भट्टराईको स्वास्थ्य अवस्था सामान्य, आज डिस्चार्ज
प्रकाशित मिति: बिहिबार, चैत्र ०६, २०७६ | १३:३४:००
काठमाडौँ, ६ चैत ।
व्याक पेन भएपछि बुधबार राति शहिद गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा भर्ना भएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सबै रिपोर्ट नर्मल आएपछि डिस्चार्ज गरिने भएको छ । व्याक पेनले सताएपछि उनी अस्पताल भर्ना भएका थिए । चिकित्सकको सल्लाहअनुसार चिकित्सकहरुकै निगरानीमा रहन उनी राति अस्पतालमै रहेका थिए ।
आज एनजीओग्राफी लगायत अन्य जाँच र परीक्षणपछि सबै रिपोर्टहरु सामान्य देखिएकोले केही प्रक्रिया पूरा गरेपछि उनी आजै डिस्चार्ज हुने भट्टराईको निजी सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०६, २०७६ |
१३:३४:००
4731



















