भक्तपुरको एक घरमा बिस्फोट, एक घाइते
प्रकाशित मिति: सोमबार, पौष २५, २०७९ | १२:११:१८
भक्तपुर, २५ पौष । भक्तपुर दधिकोटको एक घरको भान्सामा बिस्फोट हुदा एकजना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका –३ मा रहेको रामप्रसाद थपलियाको घरमा बिस्फोट भएको हो । ग्यास सिलिण्डर लिक भएर बिस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ ।
प्रकाशित मिति : सोमबार, पौष २५, २०७९ |
१२:११:१८
11881




















