सुनको मूल्य बढ्यो , यस्तो छ आजको मूल्य
प्रकाशित मिति: शुक्रबार, चैत्र ०७, २०७६ | १२:२०:०८
काठमाडौं,७ चैत्र
शुक्रबार सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय रुपैयाँ पुगेको छ। बिहीबार ७५ हजारमा कारोबार भएको सुन आज ५ सयले बढेको हो। त्यसैगरी, तेजाबी सुनको मूल्य ७५ हजार २ सयमा कायम छ।
आजका लागि चाँदीको मूल्य प्रतितोला ७ सय रहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०७, २०७६ |
१२:२०:०८
4401




















