माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु
प्रकाशित मिति: सोमबार, माघ ०२, २०७९ | १०:५७:१०
दाङ, १ माघ | दाङमा आाज बिहानै भएको माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु भएको छ | सर्रा साैडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हाे | घाेराही १६ का २१ वर्षका सुशील चाैधरी र साेहि ठाउँका १८ वर्षका विवेक चाैधरीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका DSP राजन गाैतमले जनाएका छन् | मृतककाे शव पाेष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा राखिएको छ |
प्रकाशित मिति : सोमबार, माघ ०२, २०७९ |
१०:५७:१०
11133



















