कोरोनाका कारण इटालीमा एकैदिन ६२७ जनाको मृत्यु
प्रकाशित मिति: शनिबार, चैत्र ०८, २०७६ | १२:३३:१७
काठमाडौं,८ चैत्र ।
कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनेको छ । कोरोनाकै कारण इटालीमा शुक्रबार मात्रै ६२७ जनाको मृत्यु भएको छ। हालसम्म इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ। भने संक्रमित बिरामीको संख्या ४७ हजार २१ पुगेको छ ।
इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । कोरोनाभाइरसको उद्गमस्थल चीनमा भने अहिले कोरोनाको नयाँ संक्रमण बिरामी कम भएका छन् ।
प्रकाशित मिति : शनिबार, चैत्र ०८, २०७६ |
१२:३३:१७
4709



















