३८ श्रीमती, ८९ छोराछोरी भएका दुनियाँको सबै भन्दा ठूलो परिवारका मुखियाको मृत्यु
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०२, २०७९ | २१:३२:४२
पूर्वोत्तर भारतको मिजोराम राज्यका एक विश्वकै सबै भन्दा ठूलो परिवारका मुखिया जियोना चानाको मृत्यु भएको छ । उनको ३८ जना श्रीमती, ८९ जना छोराछोरी रहेका थिए । उनी ७६ बर्षको उमेरको भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनलाई सुगर र हाईपरटेन्सनको रोग थियो । उनको आवासमै उपचारको क्रममा निधन भएको हो । तर ठीक नभएपछि अस्पताल ल्याईएको र त्यस क्रममा मृत घोषित गरिएको थियो ।
चार तल्ले सय वटा कोठा भएको भवनमा उनको परिवार सामुहिक रुपमा बस्दथ्यो ।
उनले १७ वर्षको उमेरमा पहिलो विवाद गरेका थिए ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०२, २०७९ |
२१:३२:४२
8801



















