सुनको मूल्य घट्दा चाँदीकाे स्थिर
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०९, २०७९ | १२:१३:००
काठमाडौं, ९ फागुन । नेपाली बजारमा मंगलबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी सुनको मूल्य १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार यसको मूल्य १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको पनि स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०९, २०७९ |
१२:१३:००
6513



















