उच्च अदालत आदेशसँगै कलाकार पल शाह जेलमुत्त हुदैँ
प्रकाशित मिति: आइतबार, फाल्गुण १४, २०७९ | २०:३३:३१
पोखरा, १४ फागुन । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको छ । पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् । उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो । शाहले नवलपरासी अदालतकाे आदेश बिरुद्द पाेखरा उच्च अदालतमा पुनरावेदन गरेका थिए । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो भने यसअघि तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो । शाह एक वर्षयता कारागारमा छन्। आदेशसँगै उनी अब जेलमुक्त हुने भएका छन
प्रकाशित मिति : आइतबार, फाल्गुण १४, २०७९ |
२०:३३:३१
9087



















