स्रोत नखुलेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ
प्रकाशित मिति: मंगलबार, फाल्गुण १६, २०७९ | १४:४९:४३
मोरङ, १६ फागुन । विराटनगर महानगरपालिका-९ चुलाचुली मार्गबाट स्रोत नखुलेको १ लाख ८३ हजार ७ सय ५० भारतीय रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका-७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका- ३ का ३० बर्षीय नबि हुसेन रहेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त स्रोत नखुलेको भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण १६, २०७९ |
१४:४९:४३
6689


















