काठमाडौंका दुई स्थानमा २१ लाखभन्दा बढीको चोरी
प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३ | १४:५९:१९
चितवन, १९ साउन । काठमाडौंका छुट्टाछुट्टै दुई स्थानमा करिब २१ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ सामाखुसीमा डेरा गरी बस्ने धादिङ सिद्धलेक गाउँपालिका–२ का ३० वर्षीय बिनोद अर्यालको कोठाबाट सुन–चाँदीका गरगहना सहित करिब ५ लाख ९४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।
यस्तै, तारकेश्वर नगरपालिका–७ फुटुङस्थित ४२ वर्षीय खेटराज पाण्डेको घरबाट सुनका गरगहना र नगदसहित करिब १५ लाख ८७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, साउन १९, २०८३ |
१४:५९:१९
155



















