कपिलवस्तुमा स्कोर्पियोको ठक्करबाट १८ वर्षीय युवकको मृत्यु, चालक पक्राउ
प्रकाशित मिति: आइतबार, साउन १७, २०८३ | १६:४३:४०
चितवन, १७ साउन । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटास्थित पूर्व–पश्चिम राजमार्गमा स्कोर्पियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
दुर्घटनामा शिवराज नगरपालिका–२ निवासी १८ वर्षीय शिखर विकको ज्यान गएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश–०१–००१ च २०५४ नम्बरको स्कोर्पियोले उनले चलाएको लु.१४ प ५१९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
मोटरसाइकलमा पछाडि सवार २१ वर्षीया शोभा सिर्पाली घाइते भएकी छन्। उनको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले स्कोर्पियो चालक दाङको घोराही उपमहानगरपालिका–१५ निवासी २६ वर्षीय केशव रिजाललाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : आइतबार, साउन १७, २०८३ |
१६:४३:४०
111

























